सनातन

भारतको हिन्दू समाजमा गौ अर्थतन्त्रको अन्योलता

AuthorGuest Scholar
Published
Updated
SectionRighteous Duty

गौ अर्थतन्त्र: चर्चा र अशान्ति

हालैका दिनहरूमा भारतमा गौ अर्थतन्त्र सम्बन्धी बजार चर्चाको मुख्य विषय बनेको छ। हिन्दुहरूका लागि पवित्र गाईको आर्थिक र सामाजिक अवस्था आज अशान्त र अन्योलयुक्त देखिन्छ। बजारसँग जोडिएको धार्मिक संकट अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चामा छ।

वर्णशंकर समाज र मूल अस्तित्वको क्षय

जुन समयमा भारतको समग्र समाज वर्णशंकर हुँदै गयो, हिन्दु समाजले त्यो रूप पचाउँदै गयो — र आफ्नो मूल अस्तित्व गुमाउँदै गयो। हिन्दु समाजको उदारताभित्र अनेकौं संक्रमणले प्रभाव पारे: मुसलमान, इसाई र वामपन्थी संस्कार, विचार र व्यवहारले भित्रैबाट प्रवेश गरे।

सामाजिक व्यवस्था र संवैधानिक नीति मौलिक, स्पष्ट र सशक्त भएनन् — अपितु खिचडी जस्तै बन्दै गए। परिणामस्वरूप हिन्दुहरू नै मारमा परे, झनै अन्योलग्रस्त हुँदै गए। वर्तमान गौ अर्थतन्त्र पनि यस्तै एक दुष्परिणाम हो। त्यही कारण हिन्दु समुदाय अहिले लज्जित हुनुपर्ने अवस्थामा पुगेको छ।

पुरानो आर्थिक चक्र

धेरै भारतीय प्रान्तहरूमा मुसलमान समुदायले हिन्दु किसानबाट गाई किनेर ईद जस्ता ठूला पर्वमा बलि दिने वा मासुका लागि प्रयोग गर्ने चलन थियो। यसले:

  • हिन्दु किसानलाई नियमित आम्दानी दियो
  • दूध नदिने बुढा गाईको व्यवस्थापनमा व्यावहारिक निकास दियो
  • ग्रामीण अर्थतन्त्रमा गोवंशलाई जीवित सम्पदाको रूपमा राख्यो

बजार टुट्दा के भयो?

गोवध निषेध र कडा कारबाहीपछि:

  • मुसलमान समुदायले गाई नकिन्ने, नपाल्ने, कुर्बानी नगर्ने अवस्था बन्यो
  • हिन्दु वैश्य तथा कृषक परिवारले बजार नपाएपछि विपत्ति बढ्यो
  • सामाजिक द्वन्द्व, कानुनी फसाद र जातीय घृणा बढ्यो
  • विद्रोहसम्मको रूप लिन पुगेको देखिन्छ

सरकार नीति र अर्थतन्त्रबीचको अन्योलताले समन्वय गर्न नसकेको अवस्थाले सबैलाई पिरोलेको छ। हिन्दु बाहुल्य सरकारलाई यो विषयमा फसाद पर्नु स्वाभाविक हो।

उपनिवेश र सांस्कृतिक अतिक्रमण

मूल समस्याको जरा विगतको उपनिवेशमा निहित छ। मुस्लिम र ईसाई शासनले भिन्न सामाजिक प्रणाली र आर्थिक नीति ल्यायो। पहिले गौ अर्थतन्त्रले भारतीय कृषि वर्गमा ठूलो प्रभाव पार्थ्यो; आज त्यो संरचना टुटेको छ।

समाधान सूत्र — वैदिक दृष्टिकोण: गोवंशलाई पवित्र मानिएको छ। गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ। गौको वधलाई वैदिक शास्त्रले वर्जित गरेको छ। वर्तमान भारतमा शास्त्र र व्यवहारबीच देखिएको द्वन्द्व विगतको विदेशी आक्रमण र सांस्कृतिक अतिक्रमण हो।

समाजमा सुधार नआउनु

मूल संस्कृति र समाजमा सुधार ल्याउन नसक्नु हिन्दु समाजकै कमजोरी हो। आपसमा मिलेर सुधार ल्याउनुभन्दा विदेशी नीति प्रणालीमा अल्झिनु, वर्णशंकर संविधानको नीतिमा अल्झिनु समूल समस्या हो। ईसाई, मुसलमान र बामपन्थीलाई दोष दिएर मात्र हुँदैन।

हिन्दुत्वको नारा लिएर विजयी भएको राजनीतिले तीन कार्यकाल पाउँदासम्म कायापलट गर्नुपर्ने हो। मौलिक आधुनिकता सँगै मौलिकताको स्थापना गर्न सकिने आधार प्रशस्त छन् — तर भएको छैन।

"गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ, तर जीवित पशुधनको अर्थतन्त्रमुखी समाधान भेटिएको छैन।"

निष्कर्ष

निकास भनेको आडम्बर होइन। जीवित गोवंशको आर्थिक मूल्य पुनःस्थापना गर्नु, किसानको जीविका सुरक्षित गर्नु, र धर्म-नीति-अर्थतन्त्रलाई एकै दिशामा ल्याउनु हो।

Sutra Card Shareable manuscript excerpt

Righteous Duty / धर्म

भारतको हिन्दू समाजमा गौ अर्थतन्त्रको अन्योलता

"गाईलाई लक्ष्मी मानेर पूजा गरिन्छ, तर जीवित पशुधनको अर्थतन्त्रमुखी समाधान भेटिएको छैन।"

Digital Manuscript

सनातन

Forward to someone wrestling with eternal questions in a modern world.